फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रतिनिधिसभाको बैठक भोलि ३ बजे बस्ने

By खबरहब

July 09, 2023

काठमाडौँ- आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सोमबारका लागि सारिएको छ ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सोमबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचना टाँसेर आइतबारको बैठक स्थगित गरिएको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक दुई घण्टा पछि सारेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका थिए ।

तर, महासचिव डा. गौतमले टाँसेको सूचनामा भने सोमबार अपरान्ह ३ बजे बस्नेगरी आइतबारको बैठक सारिएको उल्लेख छ ।