शिमला- भारतको हिमाचल प्रदेश राज्यको शिमलामा आइतबार भारी वर्षाका कारण घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् ।
मुसलधारे वर्षाका कारण आइतबार बिहान शिमलाको कोटगढ गाउँमा उक्त दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् । भग्नावशेषबाट दुई जना घाइतेलाई बाहिर निकालेर नजिकैको अस्पताल पुर्याएको छ ।
यसैबीच, भारत उत्तर प्रदेशको मैनपुरी जिल्लामा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको मैनपुरीका अतिरिक्त जिल्ला मजिस्ट्रेट रामजी मिश्राले एएनआईलाई बताएका छन् ।