फाइल तस्विर- रोयटर्स

अन्तर्राष्ट्रिय

सुडनमा हवाई आक्रमण : बाइस जना मारिए

By खबरहब

July 09, 2023

खार्तुम- सुडानको ओमदुरमान शहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आवासीय क्षेत्रमा हमला हुँदा उक्त हताहति भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहान ओमदुरमानको पश्चिममा रहेको दार अल–सलाम अल–अम्रिया क्षेत्रमा भएको हवाई हमलामा २२  नागरिकको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन् ।

यसबारे सुडानी सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सले एक विज्ञप्ति निकालेर आक्रमणको निन्दा गरेको छ ।