फाइल तस्वीर

ब्रेकिङ स्टोरी

‘सत्ता र विपक्षमा हुँदा दक्षिण र उत्तरलाई फरक दृष्टिकोणबाट हेर्ने प्रवृति अन्त्य हुनुपर्छ’

By खबरहब

July 09, 2023

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको राजनीतिमा अनुकूलको व्याख्याले समस्या सिर्जना भएको बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पौडेलले दक्षिण र उत्तरलाई हेर्ने दृष्टिकोण सत्तामा रहँदा एउटा र विपक्षमा हुँदा अर्को हुने प्रवृतिको अन्त्य हुनुपर्ने बताए ।

उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको आशय प्रष्ट पार्नपनि सदन चल्नुपर्ने जिकिर गरे ।