राजनीति

एमालेले भ्रष्टाचार नियन्त्रण रोक्यो भनेर सस्तो भ्रम छर्न खाजियो : नेता बास्कोटा

By खबरहब

July 09, 2023

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले भ्रष्टाचार नियन्त्रणमा एमालेले रोक्यो भनेर सस्तो भ्रम छर्न खाजिएको आरोप लगाएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता बास्कोटाले भ्रष्टाचार नियन्त्रणमा एमालेले नरोकेको जिकिर गरे । उनले प्रधानमन्त्रीको कार्यालयले जारी गरेको नोट भ्रमित भएको पनि बताए । यसबाट नयाँ समस्या सिर्जना गरेको उनको भनाइ छ ।

उनले मिटरब्याज समस्या समाधानका लागि सरकारले ढिलागरी सदनमा विधेयक ल्याएका कारण समस्या भएको र यसमा पनि एमालेलाई मुछ्नुपर्ने कुनै कारण नरहेको बताए ।