ब्रेकिङ स्टोरी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री माइतीघरमा

By खबरहब

July 09, 2023

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग भेटवार्ता गरेका छन्।

आइतबार अपराह्न माइतीघरस्थित धर्नास्थल पुगेर मन्त्री श्रेष्ठले पीडितहरूलाई भेटेका हुन् । भेटमा उनले मिटरब्याज पीडितलाई न्याय दिने विषयमा सरकार गम्भीर रहेको बताए ।

माइतीघरमा १९ दिनदेखि मिटरब्याज पीडितहरू धर्ना दिँदै आएका छन् ।