ब्रेकिङ स्टोरी

प्रधानमन्त्रीले छुट पाए, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजबाट म अपराधी : बालेन

By खबरहब

July 09, 2023

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारेखमा परेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा तारेख पर्चाको तस्वीरसहित पोस्ट गर्दै मेयर बालेनले आज आफ्ना लागि विशेष दिन रहेको उल्लेख गरेका छन् । उनले फेसबुकमा भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारेखमा भएपनि भारतले प्रधानमन्त्री बनाउँछ भन्दा प्रधानमन्त्री (प्रचण्ड) ले छुट पाएको उल्लेख गरेका छन् ।

‘आज एउटा विशेस दिन, आजबाट म तारिखमा छु’, उनले लेखेका छन्, ‘भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै, प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।’

उनले आजबाट आफू अपराधी भएको टिप्पणी पनि गरेका छन् । उनले लेखेका छन्, ‘जय होस् देशको ।’