अन्तर्वार्ता

३० वर्ष कटेपछि पहिलो बच्चा जन्माउनु खतरा

By खबरहब

August 09, 2023

पछिल्लो समय बाँझोपनको समस्या बढ्दै गइरहेको छ। पछिल्लो १० देखि १५ वर्ष यताको तथ्यांकलाई हेर्दा बाँझोपन साढे दुई गुणाले बढेको पाइएको छ। अहिलेको समयमा महिला आफ्नो पढाइ र करियरमा व्यस्त हुँदा बाँझोपनाको समस्या बढेको चिकित्सकले बताउने गरेका छन्। ३० वर्ष पुग्दा नै आमा बन्दा राम्रो हुन्छ तर कुनै महिला ३५ वर्ष नाघेर बच्चा जन्माउँदा विभिन्न समस्या आउने, डिम्बाशय कम उत्पादन हुने र पछिसम्म धेरै असर गर्ने डाक्टरले बताएका छन्। बाँझोपना किन बढिरहेको छ ? बाँझोपनमा गरिने जाँचहरू के कस्ता छन् ? बाँझोपन कसरी हटाउने ? लगायतका विषमा आधारित रहेर खबरहबका लागि गाइनोक्लोजिष्ट डा. नूतन शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश:

बाँझोपनको समस्या के कारणले गर्दा हुन्छ ? बाँझोपनको प्रमुख कारणका रूपमा ढिलो विवाह गर्नु रहेको देखिन्छ। नेपालमा यो पछिल्लो समय एकदमै धेरै बढिरहेको छ किनभने महिला आफ्नो भविष्यको चिन्ता गर्न थालेका छन्। विवाह र बालबच्चा भन्दा पनि आफ्नो भविष्य बनाउन लाग्दा यो विषय ओझेलमा परेको छ। अहिले २८-३० वर्षपछि मात्र विवाह गर्ने, विवाहपछि पनि लामो समयसम्म सन्तानको योजना नबनाउने, आकस्मिक गर्भ निरोधक चक्की प्रयोग गर्ने, गर्भपतन गर्ने जस्ता कुराले पनि गर्भधारणमा समस्या निम्त्याउँछ। तर पहिलाको समयमा केटी मान्छेको जीवन विवाह र बच्चा जन्माउनमै जान्थ्यो। प्रत्येक केटी मान्छेले जन्मदेखि नै फिक्स अण्डा लिएर आएको हुन्छ। त्यो प्रत्येक महिनामा घट्दै जान्छ। त्यसैले बच्चा पाउने सही उमेर भनेको २२ देखि ३० वर्ष हो। ३० वर्ष कटेपछि पहिलो बच्चा जन्माउनु खतरा हुन्छ। पाठेघरमा पनि ट्युमर हुने सम्भावना हुन्छ।

बाँझोपनको समस्या कसरी कम गर्न सकिन्छ ? यसको लागि समयमा विवाह गर्ने र समयमा नै बच्चा जन्माउने गर्नुपर्दछ। बिजी नै भएर अहिले बच्चा नजन्माउने हो भने २७/२८ वर्षमा नै अन्डा निकालेर फ्रिज गर्नुपर्छ। त्यसलाई राखेर पाँच वर्षपछि पनि बच्चा राख्न सकिन्छ। त्यसैले केटी मान्छेले सबै भन्दा पहिला बच्चा जन्माउन प्राथमिकता दिनुपर्छ।

निःसन्तानको समस्या लिएर आउने दम्पत्ति आईभीएफमै जानुपर्ने हो र ? निःसन्तानको समस्या लिएर आउने ६० देखि ७० प्रतिशत दम्पत्तिमा सामान्य उपचार गरेर हुन्छ। थाइरोइडको जाँच गरेर उपचार गर्दा हुन्छ। अरू २५ प्रतिशत मानिसको धेरै जाँच गर्नुपर्ने हुन्छ। जस्तो एउटा ट्युब बन्द छ र अर्को छैन भने समस्या हुन्छ। पोलिसिस्टिक अण्डाशय छ तर दायित्व नहुने हुन्छ। मोटो भएको कारण हो कि भनेर अरू पनि जाँच गर्नुपर्छ। १० देखि १५ प्रतिशत बिरामी अथवा एक सय जनामध्ये एक जनालाई आईभीएफ चाहिन्छ।

आईभीएफको खर्च कति लाग्छ नेपालमा ? नेपालमा आईभीएफ महंगो छ। यो नेपाल बाहिर पनि महंगो नै छ। ल्याबमा हामी अन्डा र स्पर्मलाई ग्रो गरेर बच्चा बनाउँछौँ। त्यो कारणले ल्याबको प्रोसिजर महंगो हुनजान्छ। कस्तो बिरामीमा के चाहिन्छ भनेर पनि भर पर्दछ। त्यसैले सामान्यतया यसको लागि तीन लाखसम्म पर्न जान्छ।

कस्तो अवस्थामा आईभीएफमा जानुपर्ने हो र सुरुवाती चरणमा के गरिन्छ ? आईभीएफ गर्ने बेलामा अस्पतालमा भर्ना हुनुपर्दैन। अस्पतालमा हामीले सबै भन्दा पहिला त दम्पत्तिको सबै स्किनिङ गर्छौँ। जसबाट महिलाको हर्मनको लेबल कति छ, डिम्बाशय कस्तो छ र श्रीमानको स्पर्म कस्तो छ भनेर जानकारी लिनुपर्छ। त्यसपश्चात् सबै रिपोर्ट हेरेर कसैको दुवै ट्युब बन्द छ, शरीरमा एक्सको मात्रा घटेको छ, दोहोरो एक्सको मात्रा बन्दैन भने दोहोरो एक्सबाट गर्भवती बनाउनु आईभीएफ नै चाहिन्छ।

श्रीमानको स्पर्मको मात्रा कम छ भने त्यसमा हामी आईभीएफमा एउटा अन्डा लिएर स्पर्मलाई अन्डामा छिराएर फर्टिलाईजेसन गराउने प्रक्रिया गर्न सकिन्छ। यदि कोही घरमा नै इन्जेक्सन दिन सक्छन् भने हामीले १०-१२ देखि ३५ दिनसम्मको इन्जेक्सन दिन्छौँ। त्यसले उनीहरूमा अन्डा बनाउन मद्दत गर्छ। त्यो अण्डा विकसित भएपछि १५ मिनेट जति बेहोस गरेर टिभिएस ब्रेकको माध्यमबाट एउटा सुई हालेर सबै अण्डाशयको फोहोर र सबै अन्डा बाहिर निकाल्छौँ। पछि हामीले त्यो अन्डा र स्पर्म लिएर बच्चा बनाउँछौँ। ल्याबमा तीनदेखि पाँच दिन ग्रो गरेर फ्रिज गर्दिन्छौँ। महिनावारी हुन्छ र फेरि पाठेघरको लाइनिङ बनाएर तापक्रम मेन्टेन गरेर पाठेघरमा राख्दिन्छौँ। यो पुरै पक्रियालाई पाँचदेखि आठ हप्ता लाग्छ। यसमा कुनै गाह्रो हुँदैन।

सामान्य रूपमा जन्मिएको बच्चा र आईभीएफबाट जन्मिएको बच्चामा कस्तो फरक हुन्छ ? आईभीएफ भनेको पनि एउटा नर्मल बच्चा नै हो। जसरी एउटा बच्चा पाठेघरमा ग्रो हुन्छ त्यो ल्याबमा गरेको मात्र हो। राख्ने पाठेघरमा नै हो त्यसैले दुवै बच्चा एउटै हुन्छन्। आईभीएफबाट जन्मेको बच्चालाई अलि बढी केयर र तीन महिनासम्म हेरचाह गर्नुपर्छ।