देश/प्रदेश

आदिवासी तथा जनजाति दिवसमा कोशीमा सार्वजनिक बिदा

By खबरहब

August 09, 2023

विराटनगर– कोशी प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभरि बिदा दिएको हो ।

संसारभरि अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रुपमा मनाउँदै आएको बेला ‘पहिचानको आन्दोलन’ भइरहेको सो प्रदेशमा पहिलोपटक सार्वजनिक बिदा दिइएको हो ।

प्रदेश नामाकरणको विषयलाई लिएर लामो समयदेखि आन्दोलनरत सो क्षेत्रको भावनाको कदर गर्दै पहिलो पटक आदिवासी तथा जनजाति दिवसमा बिदा दिइएको जनाइएको छ ।

प्रदेश सरकारले केही बिदाहरू आफू अनुसार गर्न पाउने अधिकार संघीय सरकारले दिएको छ । सोही आधारमा कोशी प्रदेशले आज सार्वजनिक बिदा दिएको हो ।