प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

खोलाले बगाउँदा एकजना बेपत्ता

By खबरहब

August 09, 2023

महोत्तरी– महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् ।

मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनमा–१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका छन् ।