समाचार

मदन पुरस्कारका लागि पाँच उत्कृष्ट कृति सार्वजनिक

By खबरहब

August 09, 2023

काठमाडौँ– मदन पुरस्कार–२०७९ का लागि पाँच श्रेष्ठ पुस्तकको सूची सार्वजनिक भएको छ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल ३ सय १३ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानिएको हो।

यी पाँचमध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।

उत्कृष्ट पाँचमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेको मदन पुरस्कार गुठीले जनाएको छ ।