सांकेतिक तस्बिर

देश/प्रदेश

पहिरोमा पुरिएर बालकको मृत्यु

By खबरहब

August 09, 2023

दोलखा– दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो ।

तामाकोशी नदीमा माछा मार्न गएका तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ । 

उनी गए राति  माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन् । तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

केही दिनअघि गौरीशङ्कर गाउँपालिका–७ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता छन् ।