देश/प्रदेश

सप्तरीको तिलाठीमा पच्चीस घर डुबानमा

By खबरहब

August 09, 2023

राजविराज– तीन दिनदेखि परेको भारी वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरास्थित रामटोल र राजपुत टोलका २५ घर डुबानमा परेका छन् ।

निरन्तरको वर्षाले केही ठाउँमा तटबन्ध भत्किएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए । 

बाढी पसेका घरका सर्वसाधारण सुरक्षित स्थानतर्फ गएका छन् । बाढीबाट चार घरमा क्षति पुगेको छ ।

अत्यधिक वर्षाका कारण वेल्हीस्थित राजविराज भन्सार कार्यालय, हटिया बजार, गजेन्द्रनारायण सिंह अस्पताल परिसरलगायतका स्थान डुबानमा परेका छन् ।