ब्रेकिङ स्टोरी

प्रचण्ड, देउवा र ओलीबीच छलफल

By खबरहब

August 09, 2023

काठमाडौँ– संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको हो । 

एक सय केजी सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानविन समितिको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । तर सरकारले छानविन समिति गठनको आवश्यकता नभएको बताउँदै आएको छ ।

सत्ता पक्ष र विपक्ष आआफ्नै अडानमा रहँदा संसदको अवरोध लम्बिँदै गएको छ । संसद बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।