फाइल फोटो

ब्रेकिङ स्टोरी

सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनुपर्छ : बामदेव गौतम

By खबरहब

August 09, 2023

काठमाडौँ– राष्ट्रिय सभा सदस्य बामदेव गौतमले सुन तस्करी लगायतका प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा गौतमले सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा अनुसन्धान सुरु गरेर सरकारले राम्रो काम गरेको भन्दै यस्ता प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका हुन् । गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने मागले अहिलेको अनुसन्धानलाई नै प्रभाव पर्ने जिकिर गरे । 

उच्चस्तरीय छानविन समिति गठन गरेपछि पनि क्षेत्राधिकार र कार्यादेशको प्रश्न उठ्न सक्ने र प्रधानमन्त्रीले समेत राजीनामा गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए । गौतमले प्रधानमन्त्रीलाई नै हटाउन खोजिएको हो भने अविश्वासको प्रस्ताव ल्याउन सुझाव समेत दिए ।

उनले सरकारले नै छानविनका लागि समय माग गरेकाले पर्खनुपर्ने र त्यसपछि मात्रै उच्चस्तरीय छानबिन समिति माग गर्नुपर्ने जिकिर गरे ।