सांकेतिक तस्बिर

अपराध

बलात्कार आरोपमा एक युवक पक्राउ

By खबरहब

August 09, 2023

बाँके– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

दैलेख दुल्लु नगरपालिका-६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावललाई प्रहरीले पक्राउ गरेको हो । 

रावलले ती किशोरीलाई गत बिहीबार नेपालगञ्ज घुम्न जाउँ भनी ललाइ फकाई बाँके नेपालगञ्ज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित होटलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।