देश/प्रदेश

डिशहोमको नयाँ प्याकेज : मासिक सय रुपैयाँमै इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा

By खबरहब

August 09, 2023

काठमाडौँ- डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको नयाँ प्याकेज ल्याएको छ । डिशहोमले ग्राहकहरुका लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको हो । अब डिश होमको नयाँ तथा पुरानो ग्राहकले मासिक १ सय रुपैयाँमै डिशहोमको सुविधा प्राप्त गर्न सक्नेछन् ।

डिशहोम फाइबरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिने कम्पनीको अपेक्षा छ । यस्तै, यो अफरको लाभ पहिलेदेखि नै डिशहोम टिभी मात्र प्रयोग गरिरहेका ग्राहकले फाइबरनेटको कनेक्सन लिएर लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी एचडी च्यानलसहित २ सयभन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मूल्यमा हेर्न सकिनेछ ।