सांकेतिक तस्बिर

अपराध

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

By खबरहब

August 09, 2023

धनगढी– कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका- ८ का २६ वर्षीय रोहित राना र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्।

उनीहरूको साथबाट ६५० मिलिग्राम लागूऔषध बरामद गरिएको प्रहरीले  जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।