राजनीति

राष्ट्रियसभाका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट

By खबरहब

August 09, 2023

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचार विमर्श भएको थियो ।

उनीहरूले पारस्परिक हित र चासोका अन्य विषयमा पनि छलफल गरेका थिए । अध्यक्ष तिमिल्सिनालाई पाकिस्तानी सिनेटका अध्यक्ष मुहम्मद सदिक सञ्जरानीका तर्फबाट पाकिस्तान भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गरे ।

सिनेटका अध्यक्षले भ्रमणका निम्ति आमन्त्रण गरेकामा आभार व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले उपयुक्त समयमा भ्रमण गर्ने जानकारी राजदूत हास्मीलाई दिएको अध्यक्ष तिमिल्सिनाको निजी सचिवालयले जनाएको छ ।