सांकेतिक तस्बिर

देश/प्रदेश

बसको ठक्करबाट भारतमा नेपाली युवाको मृत्यु

By खबरहब

August 09, 2023

काठमाडौँ- रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीका एक युवकको बसको ठक्करबाट मृत्यु भएको छ ।

बैतडीको डिलाशैनी गाउँपालिका–२ मल्लाछेपट्टाका २७ बर्षीय पुष्कर बोहराको बसको ठक्करबाट भारतको राजस्थानमा मृत्यु भएको हो । रोजगारीका लागि एक वर्ष अघि राजस्थान पुगेका उनको बसको ठक्करबाट मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

काम गर्ने होटलबाट सामान किन्नका लागि बजार गएका बेला पुष्करलाई बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका पुष्करको उपचारका क्रममा मृत्यु भएको उनका आफन्त महेश बोहराले बताए । मृतक पुष्करको घरमा श्रीमती र एक छोरी रहेका छन् ।