ब्रेकिङ स्टोरी

कांग्रेस मुख्यालयमा नेविसंघका दुई समूहबीच तनाव (तस्बिरहरू)

By खबरहब

August 09, 2023

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका दुई समूहबीच विवाद भएको छ ।

संस्थापन र असन्तुष्ट समूहका दुई पक्षबीच नेविसंघको नयाँ समिती विस्तारको विषयलाई लिएर विवाद भएको हो ।

दुवै समूह एकै पटक उत्रिएर नाराबाजी गर्दा अवस्था नियन्त्रणबाहिर जान नदिन प्रहरी परिचालनसमेत गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नेविसंघको केन्द्रीय समितिमा ७१० जनालाई मनोनित गरेपछि विवाद बढेको छ ।

नेता कृष्ण सिटौलासहित असन्तुष्ट समूहले बुधबार दिउँसो सानेपामा प्रदर्शन गरेका थिए ।