देश/प्रदेश

गजल

By खबरहब

September 09, 2023

गजल दुःख पाउन जन्मेकालाई, दुःखको रित मन पर्छ । पीडा त्यस्तै छ र त, शिशिरको शीत मन पर्छ।।

धोखा दिएर सबैले सोध्छन्, के भो तँलाई भनेर । जलेको छाती छ र त, वियोगको प्रीत मन पर्छ।।

कथा मेटिन्न, गाथा मेटिन्न, रुझेर आँसुले लेखेको । स्वभावै फरक छ र त, गरिबको जित मन पर्छ।।

गीत रोएर, गजल हाँसेर, जीवन बेस्सरी दुखेको छ । भाग्य पीडा दिन्छ र त, दुःखको गीत मन पर्छ।।

भगवतीमाइ- ७, दैलेख