खेलकुद

युरोकप छनोट : जर्जियामाथि स्पेनको जित

By खबरहब

September 09, 2023

काठमाडौँ– युरोकप २०२४ छनोटअन्तर्गत स्पेनले जर्जियामाथि फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा जर्जियालाई ७–१ गोलको फराकिलो अन्तरले हराउँदै स्पेन विजयी भएको हो ।

युरोकप छनोटअन्तर्गत समुह ‘ए’ मा रहेको स्पेनका लागि अल्भारो मोराटाले ह्याट्रिक गरेका थिए । यस्तै, ड्यानी ओल्मो, निको विलियम्स र लामिने यामलले एक गोल गर्दा एक गोल आत्मघातीस्वरुप प्राप्त भएको थियो । जर्जियाका चाकभेटाड्जले एक गोल फर्काएका थिए ।

६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन् ।