देश/प्रदेश

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

By खबरहब

September 09, 2023

भरतपुर– दुई ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर ना ३ ख ५४८८ नम्बरको ट्रक चालक नवलपरासी जिल्ला गैंडाकोट–१ का ४३ वर्षीय प्रकाश कुँवर मृत्यु हो । 

महेन्द्र राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३ झुरझुरे बासुकी पेट्रोल पम्प नजिकै दुइ ट्रक एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयलेन जनाएको छ । चितवन प्रहरी कार्यालयका अनुसार पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ५४८८ नम्बरको ट्रक र पूर्वतर्फ जाँदै गरेको प्र २–३–००२ ख ५६०९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन ।

अर्को ट्रकका सहचालक रौतहटका रविनकुमार यादव भने सख्त घाइते भएका छन अर्का चालक बारा निजगढका निकेश राउत कुर्मी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर सख्त घाइते भएका चालक कुँवरको उपचारका क्रममा पुरानो मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको चितवन प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।