फाइल तस्वीर

राजनीति

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक

By खबरहब

September 09, 2023

हेटौँडा- बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबार सर्वदलीय बैठक डाकेका छन् । दुई महिनापछि भदौ १८ गते बोलाइएको प्रदेशसभा बैठक एमालेसहितका विपक्षी दलको चेतावनीपछि भदौ २४ गते आइतबारका लागि बोलाइएको छ ।

तर, आइतबारको बैठक पनि सञ्चालन हुने अवस्था नदेखेपछि सभामुख पाठकले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

सभामुख पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । आइतबारको सर्वदलीय बैठकबाट सहमति जुट्न सके भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सञ्चालन हुने उनले बताए । असार २२ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको छैन ।

भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक पनि सरकार र विपक्षी दलहरूबीच सहमति हुन नसकेपछि तीन पटक स्थगित भइसकेको छ ।