बलिउड/हलिउड

‘जवान’ को सुरुवाती व्यवसाय राम्रो, पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्डसमेत भंग

By खबरहब

September 09, 2023

मुम्बई- अभिनेता शाहरुख खान र अभिनेत्री नयनतारा अभिनित फिल्म ‘जवान’ ले राम्रो सुरुवाती व्यवसाय गरेको छ । जवानले पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्मको यसअघिको रेकर्ड समेत तोडेको छ ।

फिल्मको सफलता र फ्यानबाट मिलेको मायाको प्रतिक्रियामा अभिनेता शाहरुख खानले पनि फ्यानप्रति आभार व्यक्त गर्दै धन्यवादसमेत दिएका छन् । फिल्मका निर्देशक एटलीले पनि सफलताको श्रेय दर्शक र अभिनेता शाहरुखलाई दिएका छन् ।

मुम्बईमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘जवानको सफलताका श्रेय शाहरुख खान र फिल्मलाई माया गर्ने दर्शकहरूलाई धन्यवाद ।’ उनले हर कुनै व्यक्तिले शाहरुख खानलाई माया गर्ने समेत बताए ।

जवान गत ७ सेप्टेम्बर रिलिज भएको हो । रिलिजको दिनबाटै समर्थकले चलचित्र घर र बाहिर नाचेको, पटाका फोरेको र रंगहरु छरेको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । अहिले गरिरहेको आम्दानीबाट फिल्म एक मेगा ब्लकबस्टर साबित हुने अनुमान गर्न सकिन्छ ।

फिल्ममा शाहरुख खानको अलवा नयनतारा, विजय सेतुपति र रिद्धि डोगराको भूमिका छ । दीपिका पादुकोण पनि फिल्ममा अतिथि भूमिकामा देखिएकी छन् ।

स्रोत- एएनआई