फाइल तस्वीर

क्रिकेट

एसिया कपमा भारत–पाकिस्तानको खेलका लागि ‘रिजर्भ डे’ को व्यवस्था

By खबरहब

September 09, 2023

काठमाडौँ- वर्षालाई ध्यानमा राख्दै एसियन क्रिकेट काउन्सिलले एसिया कपमा भारत–पाकिस्तान खेलको लागि रिजर्भ डे राख्ने निर्णय गरेको छ । यसको अर्थ अब यदि खेल १० सेप्टेम्बरमा पूरा भएन भने अर्को दिन अर्थात् सेप्टेम्बर ११ मा सम्पन्न हुनेछ ।

यो खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुने तय छ । कोलम्बोमा आगामी दुई साता भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो ।यसबाहेक अन्य कुनै खेलमा वर्षा भए रद्द हुन सक्नेछ ।

एसिया कपको समूह चरणमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो । यस खेलमा भारतले पहिले ब्याटिङ गर्दै २६६ रन बनाए पनि वर्षाका कारण पाकिस्तानले ब्याटिङ गर्न पाएको थिएन ।