खेलकुद

च्याम्पियन्स लिग : रियल मड्रिड अन्तिम १६ मा

By खबरहब

November 09, 2023

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लव रियल मड्रिड दुई खेल अगाडि नै अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति रियलको घरेलु मैदानमा भएको समूह ‘सी’ अन्तर्गतको खेलमा पोर्चुगिज क्लब बाग्रालाई ३–० गोलले हराउँदै रियल अन्तिम १६ मा पुगेको हो ।

रियलका लागि ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रिगोले एक–एक गोल गरेका थिए । 

चार खेलबाट १२ अंक जोडेको रियल शीर्ष स्थानमा छ । पराजित भएको बाग्रा ३ अंकसहित तेस्रो स्थानमा छ ।