साहित्य

बन्द गर्छु आँखाहरू

By खबरहब

December 09, 2023

बन्द गर्छु आँखाहरू अनि पो आउँछौ तिमी आँखा खोली बोलाऊँ भन्छु हराउँछौ तिमी बेमौसमी याद बनि हरप्रहर सताउँछौ तिमी ओठ छेउ आइदिउँ भने लजाउँछौ तिमी

हजारौँको भिडमा खोजिरहेँ तिमीलाई लाखौँबाट एक मानिस रोजिसकेँ तिमीलाई बाडुलीको बाटो भई कतिखेर धाउँछौ तिमी बन्द गर्छु आँखाहरू अनि पो आउँछौ तिमी आँखा खोली बोलाऊँ भन्छु हराउँछौ तिमी बेमौसमी याद बनि हरप्रहर सताउँछौ तिमी ओठ छेउ आइदिउँ भने लजाउँछौ तिमी

के छ कुन्नि त्यो मनभित्र सहमति या बिमति फसेको छु तिमीभित्र कि दिन्छौ त स्वीकृति सागरभन्दा गहिरो के छ ? पिरती हो भन्छौ तिमी बन्द गर्छु आँखाहरू अनि पो आउँछौ तिमी आँखा खोली बोलाउँ भन्छु हराउँछौ तिमी बेमौसमी याद बनि हरप्रहर सताउँछौ तिमी ओठ छेउ आइदिउँ भने लजाउँछौ तिमी

वीरेन्द्रनगर नगरपालिका–१, सुर्खेत