क्रिकेट

एसीसी यु–१९ एसिया क्रिकेट : आज दुई खेल हुँदै

By खबरहब

December 09, 2023

काठमाडौँ– एसीसी यु–१९ एसिया कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी खेलमा आज समूह ‘बी’ अन्तर्गत यूएई र बंगलादेश तथा श्रीलंका र जापानबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे यूएईको दुबईमा सुरु हुनेछन् ।

८ देश सहभागि प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, पाकिस्तान, भारत र अफगानिस्तान छन् । समूह  ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलंका र बंगलादेश छन्।

समूह ‘ए’ मा रहेका टोलीले एक – खेल खेलिसकेका छन् । हिजो भएको खेलमा खेलमा नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग समान ७ विकेटले पराजित भएका थिए ।

नेपालले भोलि अफगानिस्तानसँग र मंगलबार भारतसँग खेल्नेछ । प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।