खेलकुद

साउदी प्रो लिग : रोनाल्डो सम्मिलित अल नासरको सहज जित

By खबरहब

December 09, 2023

काठमाडौँ– साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ । गएराति सम्पन्न खेलमा अल रियादलाई ४–१ गोलको फराकिलो अन्तरले हराउँदै अल नासरले सानदार जित निकालेको हो ।

अल नासरका लागि टालिस्काले दुई तथा क्रिस्टियानो रोनाल्डो र ओटाभिओले एक–एक गोल गरेका थिए । यस्तै, अल रियादका लागि आन्द्रे ग्रेले एक गोल फर्काएका थिए ।

जारी सिजनमा १६ खेलबाट ३७ अंक रहेको अल नासर लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित भएको अल रियाद १६ अंकका साथ १४औँ स्थानमा छ । शीर्षस्थानमा रहेको अल हिलालको ४४ अंक छ ।