समाचार

यात्रामा प्राप्त सुझाव पूरा गर्ने अध्यक्ष ओलीको प्रतिबद्धता

By खबरहब

December 09, 2023

लमजुङ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राका क्रममा प्राप्त सुझाव काठमाडौँ पुगेर सम्बोधन गर्ने बताएका छन् । 

पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा आज सुन्दरबजारको खत्रीठाटीमा आयोजित सभामा अध्यक्ष ओलीले यात्राका क्रममा महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गरेका छन् ।

त्यस अवसरमा लमजुङका खेलमैदान, मध्यपहाडी लोकमार्गका समस्याबारे प्रतिनिधिसभा सदस्य तथा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अध्यक्ष ओलीलाई जानकारी गराएका थिए ।