सांकेतिक तस्बिर

अपराध

ब्राउन सुगरसहित एक युवक पक्राउ

By खबरहब

December 09, 2023

सप्तरी– सप्तरीबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका-५ कुशाहाका २७ वर्षीय उमेश चौधरी रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

चौधरीलाई इलाका प्रहरी कार्यालय कडोरवानाबाट खटिएको प्रहरी टोलीले सुरुङ्गा-५ कुशाहा टोल सडक खण्डबाट पक्राउ गरेको हो। 

उनले लगाएको जिन्स पाइन्टबाट ०.३५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको भनाइ छ।