सांकेतिक तस्बिर

देश/प्रदेश

खर काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

By खबरहब

December 09, 2023

सुर्खेत– जाजरकोटको नलगाड नगरपालिकामा आवास निर्माणका लागि खर काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ।

भूकम्पले चर्काएको घरमा बस्न डर भएपछि नयाँ आवास निर्माणका लागि खर काट्न गएकी नलगाड नगरपालिका-१० रक्ताकी ३३ वर्षीया रमिता थापाको लडेर ज्यान गएको हो।

उनी जन एकता प्राथमिक विद्यालयको कार्यालय सहयोगी रहेकी थिइन्। मृतक थापाका १४ वर्षीया छोरी र ९ वर्षीया छोरा छन्।