सांकेतिक तस्बिर

समाचार

लापसे गरी सवारी चलाउने दुई चालक पक्राउ

By खबरहब

December 09, 2023

धनगढी – धनगढीमा लागुऔषध सेवन गरी सवारी चलाउने २ जना सवारी चालक पक्राउ परेका छन्।

धनगढी–२ स्थित सडक खण्डमा दैनिक लागुऔषध परीक्षण किटको प्रयोग गरी सवारी साधन चेकजाँच गर्दा सुदुरपश्चिम प्रदेश ०४–००१प १००० नम्बरको मोटरसाईकल चालक डडेल्धुरा अमरगढी–५ का २० वर्षीय आयुष घिमिरे र मोटरसाईकल पछाडी सवार सोही ठाउँका २१ वर्षीय अशोक ताम्राकारलाई पक्राउ गरेको हो।

धनगढी–२ मा ट्राफिक प्रहरीले शनिबार लागुऔषध परीक्षण किटको प्रयोग गरी चेकजाँच गर्दा उनीहरुले लागुपदार्थ सेवन गरेको पोजेटिभ देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली जनाएको छ।