तस्बिर- अर्गनाइजर

अन्तर्राष्ट्रिय

आतंकवादविरुद्ध सहकार्य गर्न केन्या र भारत सहमत

By खबरहब

December 09, 2023

नयाँ दिल्ली- आतंकवादविरुद्ध सहकार्य गर्न केन्या र भारत सहमत भएका छन् । भारत भ्रमणमा रहेका बेला केन्याका राष्ट्रपति विलियम रुटो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आतंकवादीविरुद्ध सहकार्य गर्न सहमत भएका हुन् ।

दुई नेताबीच आतंकवादविरुद्धको क्षेत्रमा आपसी सहकार्यलाई बढाउने सहमति भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

आतंकवाद अहिले विश्वमा सबैभन्दा गम्भीर चुनौतीका रुपमा देखा परेको विषयमा पनि दुई नेता एकमत रहेको एएनआईले जनाएको छ ।

यसअघि प्रधानमन्त्री मोदीले दुई देशबीच आर्थिक सहकार्यका लागि नयाँ अवसरहरू खोजिने उल्लेख गरेका थिए । उनले भारत केन्याका लागि भरपर्दो र प्रतिबद्ध विकास साझेदार रहेको पनि जनाए ।

पछिल्लो समय केन्यामा बलिउडसँगै योग र आयुर्वेदको लोकप्रियता बढ्दै गएको भन्दै यसबाट पनि दुई देशबीच साँस्कृतिक आदान प्रदान बढ्दै गएको प्रधानमन्त्री मोदीको भनाइ छ ।