फाइल फोटो

राजनीति

कर्णाली प्रदेशमा सभामुखको चुनाव माघ १ गते

By खबरहब

January 10, 2023

सुर्खेत- कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११ बजेका लागि तोकेका छन् ।

उनले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम ७ को उपनियम १ बमोजिम चुनावको मिति तथा समय तोकेका हुन् ।

चुनावको मिति तोकेसँगै प्रदेशसभा सचिव जीवराज बुढाथोकीले यही पुस ३० गतेबाट सभामुखको निर्वाचन प्रक्रिया सुरुआत गर्ने र माघ १ गते बिहान ११ बजे सभाको बैठक प्रारम्भ, मत विभाजन र परिणाम घोषणा गर्ने गरी सूचना जारी गरेका छन्।