राजनीति

बागमतीका मुख्यमन्त्री जम्कट्टेलसहित ३ मन्त्रीले लिए शपथ

By खबरहब

January 10, 2023

हेटौंडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ लिएका छन् ।

बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा सोमबार नियुक्त जम्कट्टेलले भोलिपल्ट प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन्।

मुख्यमन्त्री जम्कट्टेलसहित नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्वव थापाले मन्त्री पदका  पद तथा  गोपनीयताको शपथ लिएका छन् ।

थपलियालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने राप्रपाका थापालाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन।