फाइल फोटो

राजनीति

लोसपाले प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत दिने

By खबरहब

January 10, 2023

काठमाडौँ- संसदमा चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ।

महन्थ ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय लिएका हुन्। उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन्।

पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो।