फाइल फोटो

राजनीति

वाग्मतीमा मन्त्रालयको सङ्ख्या घटाइने

By खबरहब

January 10, 2023

हेटौँडा– वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गरेसँगै मन्त्रालय सङ्ख्या घटाउने निर्णय गरेका छन् । उनले आज प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् ।

मुख्यमन्त्री जमकट्टेलले मन्त्रालयको सङ्ख्या कटौती गर्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा निर्माण गरिएको कार्यदलको निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ । 

पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले आम जनगुनासोलाई सम्बोधन गर्न प्रदेशमा मन्त्रालयको सङ्ख्या कटौती गर्ने निर्णय गरिएको बताए ।