राजनीति

ओलीप्रति नेपालको कटाक्ष- संसद विघटन बचाउ गरेको देख्दा अचम्म लाग्यो

By खबरहब

January 10, 2023

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने कदमको बचाउ गरेको देख्दा आफू अचम्ममा परेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिन लागेको विश्वासको मतको प्रस्तावबारे बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीले यसअघि संसदमा बोल्दै प्रतिनिधि सभा विघटन गर्ने कदम प्रतिगमन नभएको जनाएका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आज संसद्‌मा बोल्दै ओलीको अभिव्यक्तिमा गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । संसद्‍मा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले संसद् विघटनबारे ओली संसद्‌मा गर्जिएको देखेर आफू अचम्ममा परेको बताएका हुन्।