फाइल तस्वीर

राजनीति

राज्य पद्धती र प्रणालीको पुनरावलोकन आवश्यक : पूर्वराजा शाह

By खबरहब

January 10, 2023

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राजनीति विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक र आकारमा अल्मलिएको टिप्पणी गरेका छन् । राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा मंगलबार विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले मुलुकको राज्य पद्धती र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।

उनले मुलुकको एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिकता दुर्लभ बन्दै गएको टिप्पणी गरेका छन् । उनले एकता, अखण्डता, सामाजिक सद्भाव, सार्वभौमिकता दुर्लभ बन्दै गएका कारण राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको समेत टिप्पणी गरेका छन् ।

पूर्वराजा शाहले विज्ञप्तिमा देश आफ्नै बाहुबल, मौलिक मान्यता, आफ्नै शैली र ढाँचामा अघि बढोस् भन्ने आफ्नो चाहना रहेको बताउँदै राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्तमात्र हुने पनि उल्लेख गरेका छन् ।

‘हामीले श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहका दिव्योपदेशहरुलाई आत्मसाथ गर्दै मौसुफले दर्शाइबक्सेको मार्गदर्शनलाई अनुसरण गर्न सकेको खण्डमा मात्र हाम्रो इतिहास र भविष्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवम् संरक्षित हुनसक्छ भन्ने विश्वास लिएका छौँ ।’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ पूर्वराजा शाहले जारी गरेको विज्ञप्ति-