फाइल फोटो

राजनीति

कांग्रेस प्रमुख प्रतिपक्षकै भूमिकामा रहन्छ : उपसभापति खड्का

By खबरहब

January 10, 2023

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अहिलेको परिस्थितिको मूल्यांकन गरेर कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति खड्काले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्यांकन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको बताए । 

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि कांग्रेस प्रमुख प्रतिपक्षमा रहेको उनले स्मरण गरे । त्यसबेला पनि त्यसबेलाको परिस्थितिलाई ध्यानमा राखेर कांग्रेसले विश्वासको मत दिएको उनको भनाइ थियो ।