राजनीति

विश्वासको मत प्रदान गर्नुभएकोमा सिंगो संसद्प्रति आभारी छु : प्रधानमन्त्री 

By खबरहब

January 10, 2023

काठमाडौँ– आफूलाई विश्वासको मत दिएकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका सांसद तथा सिंगो संसद्‌प्रति विशेष आभार प्रकट गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रचण्डलाई दुई जनाबाहेक सबै सदस्यले समर्थन गरेका थिए । प्रधानमन्त्रीले विश्वासको मत मागेको प्रस्तावको पक्षमा २६८ मत परेको थियो ।

आफूप्रति गरेको विश्वासलाई इमानदारीपूर्वक सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले प्रकट गरेका छन्। प्रतिनिधिसभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गर्नुभएकोमा माननीय सदस्यहरू र सिंगो संसद्प्रति विशेष आभार व्यक्त गर्दछु’, प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तपाईँहरूको यो विश्वासप्रति इमानदार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने संकल्प गर्दछु।’