फाइल फोटो

ब्रेकिङ स्टोरी

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने

By खबरहब

February 10, 2023

काठमाडौँ – सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीति संयन्त्रको बैठक आज पहिलो पटक बस्न लागेको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे सुरु हुनेछ । आजको बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम सरकार विघटन र रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुनेछ।

यसअघि बिहीबार दिउँसो बस्ने भनिएको संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल र संयन्त्रका संयोजक ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । भेटपछि प्रधानमन्त्री दाहालले शुक्रबार बिहानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएको बताएका थिए।