फाइल तस्बिर

राजनीति

कर्णाली पछि बागमती सरकारले दियो ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा

By खबरहब

February 10, 2023

काठमाडौँ – कर्णाली प्रदेश सरकार पछि बागमती सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको छ ।

बागमती प्रदेश सरकारको २४ माघमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १ फागुनमा जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय भएको हो ।

बागमती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशिल सापकोटाले जारी गरेको सूचनामा भनिएको छ, ‘जनयुद्ध दिवसको अवसरमा सम्बत २०७९ फागुन १ गते सोमवारका दिन बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’

कर्णाली प्रदेशले २३ माघको मन्त्रिपरिषद्को निर्णय अनुसार ‘जनयुद्ध दिवस’मा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । दुवै प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार गठन छ ।