समाचार

६८६ जना निमावि शिक्षकको माग

By खबरहब

February 10, 2023

काठमाडौँ – शिक्षक सेवा आयोगले ६८६ जना निमावि शिक्षकको लागि आवेदन खोलेको छ।

आयोगले आज निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको हो।

आयोगले सामुदायिक विद्यालयको शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको हो।