अन्तर्राष्ट्रिय

भूकम्पमा पुरिएको ३० घण्टापछि जब बालक जिउँदै भेटिए

By मनोज घिमिरे

February 10, 2023

काठमाडौँ – ‘त्यो बच्चाको आँखाको हेराइले मलाई साँच्चै छायो,’ डा. अहमद अल मास्रीले भने ‘यो किन भयो मलाई थाहा छैन। तर, जब उसले मलाई हे¥यो, मलाई रुन मन लागी हाल्यो।’ सोमबार ठुलो भूकम्प गएको लगभग ३० घण्टा भन्दा बढी समय बिते पछि सात वर्षीय बालकको उद्धार भएको थियो। सिरियाको उत्तर पश्चिम अरफिनमा रहेको अस्पतालमा घाइतेहरू ल्याइएका छन्। तीनै घाइतेको उपचारमा डा. अहमद र उनका साथी अर्का एक चिकित्सक व्यस्त छन्।

एउटा भत्किएको घरमा पुरिएको अवस्थाबाट उद्धार गरिएर सात वर्षीय मोहम्मद त्यहाँ ल्याइएका हुन्। उनको बाबुको शवसँगै उनको शरीर थियो। उनको आमा र दाजु भाइ, दिदी बहिनी सबैको जीवन लीला त्यसै भुईँचालोले समाप्त गरेको थियो। तर ती सात वर्षीय बालकको सास भने घण्टौसम्म चलिरह्यो। ती बालकलाई बचाउन चिकित्सकले जोड बल गरी रहेका छन्। उनी जीवित भए पनि परिवारविहीन भएर बाच्नु पर्ने त निश्चित भइसकेको छ।

‘जब ती बालकले हामीलाई हेरे, उनीमा एउटा आशाको भाव देखिएको थियो। उनलाई आफू सुरक्षित हातमा परेको आभास भएको थियो’ डा मास्रीले ती बालकका बारे भने ‘मलाई थाहा छ उसमा प्रशस्त शारिरिक तागत छ। जुन तागतका कारण उसले आफ्नो पिडाहरू लुकाएको छ। सात वर्षीय बालकमा त्यत्ति धेरै चोट सहने क्षमता कसरी विकास भयो होला भन्नेमा चिकित्सक नै आश्चर्यमा परेका छन्।

डा. मास्री अल साइफा अस्पतालमा कार्यरत सर्जन हुन्। यो सिरियन अमेरिकन मेडिकल सोसाइटी मिसनरीबाट सञ्चालित अस्पताल हो। उनले भूकम्प गएको केही समयमै दुई सय जना उपचारका लागि आइ पुगेको बताएका छन्।

उद्धारकर्ताहरूले अर्को १८ महिनाको बच्चालाई त्यहाँ ल्याएका थिए। डा. मास्रीले ती बच्चालाई हेरेर सकुशल भएको थाहा पाउँदा खुसी भए। तर, साथमा उसका अभिभावक नभएकोमा असमञ्जसमा परेका थिए। एकै छिनमा ती बालकका बाबु आइ पुगेर अँगालो हालेका थिए। बाबुले एकै पटक बच्चालाई अँगालो हालेर रोएको दृश्य हृदय विदारक थियो। बाबुले बताए अनुसार परिवारमा तीनै बच्चा मरेका छन्। अन्य सबै कोरिडोरमा मृत अवस्थामा छन्।

डा. मास्री अस्पतालमा एकाएक अस्पतालमा बढेको चापले सबै कर्मचारी आत्तिएको बताउँछन्। उनले भूकम्पका कारण यत्ति धेरै जनाको ज्यान जान्छ या यत्ति धेरै जना अस्पतालमा आउँछन् भनेर समेत कल्पना नगरेको बताउँछन्। दुर्भाग्य जीवनमा कल्पना समेत नगरेको यो भयावह अवस्थाको अहिले उनी सामना गरिरहेका छन्।

यस अघि उनीसँग सन् २०१३ मा रकेट प्रहारका कारण धेरै जना घाइते भएको समयमा डमासकसको फिल्डमै गएर काम गरेका थिए। त्यस समयमा पनि सयौँ जनाको ज्यान गएको थियो भने हजारौँ जना घाइते भएका थिए।

सोमबारको भूकम्प पछि सुरुवाती समयमा मास्री र डा. अरफिनले सामान्य घाइतेहरूलाई हेरेका थिए। सामान्य चोट लागेका तथा कुनै अङ्ग काटिएकाहरूको उनले उपचार गरेका थिए। उनी अहिलेको यो विपत्तिले निम्त्याएको समस्या आफूहरूको अस्पतालको क्षमता भन्दा धेरै परको भएको बताउँछन्।

एउटा चिकित्सकका लागि आफूले बिरामी बचाउन नसक्नु र उनीहरूको पिडा कम गर्न नसक्ने साँच्चै दुखद हो। आफ्नै अगाडी आफ्ना धेरै आफन्त र प्रियहरूको ज्यान गएको दृश्य अहिले उनीहरूका लागि सामान्य लाग्न थालेको छ।

यस बिचमा धेरै दर्दनाक कथाहरू बुनिने छन्। ती धेरै दर्दनाक कथाका साक्षी डा. मास्री र डा. अरफिन रहने छन्। भारी भएको मन लिएर कहिल्यै कल्पना नगरिएको जिम्मेवारीमा उनीहरू व्यस्त छन्।

अस्पतालमा बिरामीसँग समय बिताइरहेका डा. मास्रीका लाग आफ्नै घरका सदस्य सुरक्षित छन् या छैनन् भनेर चासो लिनु नै छ। उनको घरमा पनि विद्युत् आपूर्ति र इन्टरनेटका लाइन काटिएका छन्। उनका अभिभावक र दाजुभाइ अस्पताल भन्दा केही पर बसोबास गर्छन्। उनकी श्रीमती र बच्चा भने दक्षिणी टर्कीको सीमा गाजीयाटेपको नजिक बसोबास गर्छन्। त्यो भुईँचालोको केन्द्र बिन्दु नजिकैको स्थान हो। त्यहाँ धेरै जनाको ज्यान गएको छ।

“यस अवस्थामा आफू र आफ्नो परिवारका सबै जना सही अवस्थामा छन् या छैनन् भन्ने थाहा नपाउनु पनि दुखद हो।” उनी अहिले बिरामीबारे दुवै कुरामा चासो गई रहेको बताउँछन्। पहिलो च चिकित्सकको धर्म अनुसारको उनीहरूको शारिरिक समस्या र चोटमा नै ध्यान जना भयो। साथै उनीहरूको परिवारका बारेमा पनि डा. मास्रीकोे चासो जाने गरेको छ।

उपचारमा व्यस्त भइरहेको समयमा डा. मास्रीका भाइ त्यहाँ आइपुगे। उनले सबै परिवार सकुशल रहेको समाचार सुनाए पछि उनको मन हलुङ्गो भएको थियो। डा. मास्रीको मनमा यसले धेरै शान्ति त दिएको थियो। यसका बाबजुद उनी निर्धक्कले निदाउन सक्ने अवस्था थिएन। उनको एक घण्टाको निन्द्रा पनि धेरै जनाको चिर निन्द्राको कारण बन्न सक्थ्यो। यस कारण उनी निदाउनका लागि डा. अरफिनको पालो पर्खनुको विकल्प थिएन।

डा. मास्री अस्पतालको चाप केही कम हुने र धेरै टाढा रहेका आफ्ना परिवारसँग बसेर ब्रेकफास्ट लिने योजनामा थिए। अझै धेरे दिनसम्म अस्पतालको चाप त्यत्तिकै रहन पनि सक्छ। डा. अरफिनको उपस्थितिसँग उनले मोहम्मदलाई अर्को दिन भेट्ने बाचा गर्दै निस्किए। तीनै सात वर्षीय मोहम्मदको आँखाले उनलाई त्यही बस्न आग्रह गरी रहेका थिए।

सिरियामा मात्र २ हजार भन्दा धेरैको ज्यान गएको छ। त्यहाँको सरकारी तथ्यांक अनुसारको त्यो नै अन्तिम हो भन्ने चाहिँ छैन। भूकम्पका पुरै तथ्यांक आउँदा त्यो एकदमै धेरै पनि हुन सक्छ। यसको असर लामो समय रहने त निश्चित छदै छ।

भुईँचालोको पिडा सायद भोग्नेलाई मात्र थाहा हुन्छ। सात वर्ष अगाडीको पिडा नेपालीले अझै महसुस गरी रहेका छन्। नेपालीले भोगेको त्यो पिडाका क्षणमै हजारै दुखद कथाहरू लेखिएका थिए। त्यस्तै पिडाका कथाहरू अहिले टर्की र सिरियामा लेखिएका छन्।

सिरियामा एक भर्खर बच्चीलाई उद्धार गरिएको छ। उनकी आमाले बच्चालाई जन्म दिएको केही समयमा ज्यान गुमाएकी थिइन्। उनका बाबु, चार दाजु र दिदी तथा सानी आमा पनि त्यसै भुईँचालोमा मरे। एक व्यक्तिले धुलाम्मे उनलाई बोकेर ल्याएको दृश्य साँचै नाटकीय नै लाग्ने थियो। ती बच्चीलाई पनि डा. अरफिनले उपचार गरी रहेका छन्। अरफिन उनको अवस्था स्थिर रहेको बताउँछन्।

बच्चीका काका अलि अल सुहादीले घटना हुँदा रहेका छिमेकीहरूले उनलाई उद्धार गरेको बताएका छन्। उनीहरूले घरका भग्नावशेष भत्काउनका लागि रहँदा बच्चा रोएको आवाज आएको थियो। त्यस पछि उनीहरूले सतर्कता पूर्वक काठ र अन्य सामग्री काट्दै ती बच्चीलाई उद्धार गरेका थिए। बच्चीको पुरै शरीर धुलाम्मे थियो।

बाल रोग विशेषज्ञ हानी मराउन बच्चा अस्पतालमा पुग्दा एकदमै खराब अवस्था रहेको बताउँछन्। बच्ची हाइपोर्थमियाबाट ग्रसित थिइन्। सुरुमा उनको शरलाई तातो बनाए पछि मात्र अन्य प्रक्रिया सुरु भएको थियो। उनका आमा, बाबु सहित परिवारका ६ जनाको सामूहिक अन्त्येष्टिको फोटो खिचेर राखिएको छ। सायद ती बच्ची भविष्यमा ठुलो भए पछि त्यो दृश्य हेरेर पनि मन बुझाउन सक्ने छिन्।

सिरियामा मात्र २ हजार भन्दा धेरैको ज्यान गएको छ। त्यहाँको सरकारी तथ्यांक अनुसारको त्यो नै अन्तिम हो भन्ने चाहिँ छैन। भूकम्पका पुरै तथ्यांक आउँदा त्यो एकदमै धेरै पनि हुन सक्छ। यसको असर लामो समय रहने त निश्चित छदै छ।

यस बिचमा धेरै दर्दनाक कथाहरू बुनिने छन्। ती धेरै दर्दनाक कथाका साक्षी डा. मास्री र डा. अरफिन रहने छन्। भारी भएको मन लिएर कहिल्यै कल्पना नगरिएको जिम्मेवारीमा उनीहरू व्यस्त छन्।

(श्रोत : बीबीसी)