राजनीति

माओवादी प्रदेश समन्वय समितिको बैठक आज

By खबरहब

February 10, 2023

काठमाडौँ – नेकपा माओवादीले आजको केन्द्रीय समिति बैठक सम्पन्न गरे लगत्तै प्रदेश समन्वय समितिको बैठक तत्काल सुरु हुने भएको छ।

आगामी ५ फागुनसम्म बैठक सक्ने गरी सम्बन्धित प्रदेश समन्वय समितिलाई पत्राचारसमेत गरे अनुसार आज प्रदेश समन्वय समितिको बैठक सुरु हुन लागेको हो ।

जसअनुसार प्रदेश नं. १ र बागमती प्रदेश २७ माघमा पहिलो बैठक बस्ने माओवादीले जनाएको छ । मधेश प्रदेशमा माघ २८ गते, गण्डकी प्रदेशमा माघ २९ गते, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेश फागुन ३ गते तथा उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश फागुन ५ गते बैठक सञ्चालन हुनेछन् ।