ब्रेकिङ स्टोरी

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

By खबरहब

February 10, 2023

काठमाडौँ – सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको संयन्त्रको बैठकमा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति सभापति रवि लामिछाने सहभागी छन्।

सरकारमा सम्मिलित जनमत पार्टी भने बैठकमा गएको छैन। प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टी पनि बैठकमा सहभागी भएको छैन। जेलमा रहेका रेशम चौधरीलाई छुटाउनु पर्ने मुख्य माग राख्दै आएको नागरिक उन्मुक्तिले सत्ता साझेदार दलका मुख्यमन्त्रीलाई विश्वासको मत नदिँदा सदूरपश्चिम सरकार ढलेको थियो।